
प्रकाश नेपाल/ईमेज:
इलाम । इलामका किसानले लगाएको अलैंची खेतीमा रोग लाग्न थालेपछि उत्पादन घट्ने देखिएको छ ।
पहिले लगाइएको अलैंची बगान सखाप भएपछि अर्को जातको अलैची खेती गरे पनि त्यसलाई पनि रोगले आक्रमण गर्न थालेको हो । योसँगै अन्य बाली लगाउन छाडेर अलैंचीको खेती गरेका किसान चिन्तित भएका छन् ।
इलाम जिल्लाको करिब १६०० हेक्टर छेत्रफलमा व्यवसायिक अलैची खेती गरिएको छ । तर यतिबेला ईलामका अलैँची कृषक तनावमा छन् ।
विभिन्न रोगको आक्रमणले अलैँची बगान सखाप पारेपछि किसानहरुले अर्को भर्लाङ् जातको अलैची सुरु गरे तर त्यो पनि सखाप हुन थालेपछि किसानलाई मर्का परेको हो ।
स्याङ्ले र फुर्के रोगले अलैची बगान सखाप पार्यो ‘खोल्सीको कालो सुन’ उपनामले चिनिने अलैंचीलाई खासै स्याहार गर्न पर्दैन । इलामका अलैंची किसानले यस पटक बिरुवा रोप्ने सिजनमा पनि अलैंचीको बिरुवा रोपेनन् ।
भएको अलैंचीको समेत गानो कुहिएर फल दिने बेलामा मर्न थालेपछि आफुहरु अन्य पेसा थाल्ने मनस्तिथिमा पुगेको इलाम सुम्बेकका किसान मात्रिका खतिवडा बताउँछन् ।
अलैचीको बिरुवा प्रतिसरा १० देखी १५ रुपैयाँ पर्दछ । प्रतिमन १ लाख बिस हजार मूल्य सहजै पाइने भएकोले कृषकहरु महँगो दाममा सरा किनेर अलैचीं खेती गरेका किसान इन्तु न चिन्तु बनेका छन् ।
उता, उत्पादन घट्दै जाँदा मूल्य बढ्नुपर्नेमा अलैंचीको बजार भने भाउ दिनप्रतिदिन खस्किँदै छ ।
अलैंचीको उचित बजार र मुल्य नपाउँदा आफुहरु मारमा परेको इलाम गोलाखर्क किसान प्रकाश भट्टराईको भनाइ छ ।
अलैँची खेतिले वर्षेनी घरखर्च धान्दै आएका किसानलाई अलैँचीले धोका दिन थालेपछि अन्य पेशा अगाँल्न थालेका छन् ।
किसान अलैँची खेतिबाट झस्किनुपर्ने अवस्था आउनुले कृषि विकासलाई समेत धक्का पु¥याउने निश्चित छ ।
किसानलाई परेको नोक्सानीलाई सरकारले पनि मनन गरी उनीहरुलाई यस पेशाप्रति हौसला बढाउन सके राम्रो हुने थियो ।
प्रतिक्रिया दिनुहोस्