 
	    काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडिको ठक्करबाट गएराति विराटनगरमा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
प्रदेशसभा सदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले विमानस्थल सडकमा ठक्कर दिँदा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो ।
ठक्करबाट अर्का कटहरी निवासी २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन् । प्रदेशसभा सदस्य कार्कीको गाडिमा कार्कीका छोरा रोविन कार्की र अन्य दुई युवती सवार रहेका थिए ।
मृतक र घाईते दुवै जना स्थानीय एभरेष्ट फर्निचर उद्योगमा कार्यरत श्रमिक हुन् । बेलुका काम सकेर घर फर्कने क्रममा सो दुर्घटना भएको हो । ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोशी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
घटना लगत्तै प्रदेशसभा सदस्य कार्कीका छोरा रोविन फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्