Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक : संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनबारे छलफल हुने


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतका विषयमा छलफल गर्नका लागि आज फुलकोर्ट बैठक बोलाएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वामा रोलक्रम मिचेर दुई न्यायाधीश छनौट गरि संवैधानिक इजलास गठन भएपछि इजलास गठनमा प्रश्न उठेको थियो ।

न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठ माथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कानुन व्यवसायीले प्रश्न उठाएपछि नयाँ इजलास गठन हुने भएको हो ।

प्रश्न उठाइएका न्यायाधीश केसी र श्रेष्ठले इजलास नछाड्ने अडान लिएपछि न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा नबस्ने निर्णय गरेपछि नयाँ इजलास गठन हुने भएको हो ।

संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने भएपछि मस्यौदा सर्वोच्चको आजको फुलकोर्ट बैठकमा पेश गरि अघि बढ्ने बताइएको छ ।

नियमावली संसोधन भएमा वरिष्ठताका आधारमा इजलास तोकिने छ । यस्तै आजको बैठकमा अदालतले निषेधाज्ञाका बेला प्रदान गर्ने सेवाका विषयमा पनि छलफल हुने बताइएको छ ।