
वीरगन्ज । वीरगञ्ज उपमहानगरपालिकाले नदी र ताललाई प्रदुषित गर्ने उद्योगलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सघंले आयोजना गरको कार्यक्रममा उद्योगका प्रतिनिधिहरुलाई वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यस्तो चेतावनी दिनु भएको हो ।
नगर प्रमुख सरावगीले नदी तथा नदीको नजिक प्रदुषित गर्र्नेे उद्योगको सञ्चालकहरुलाई कडाभन्दा कडा कारवाही चेतावनी दिए ।
उनले सबै वडाअध्यक्षहरुलाई आ–आफ्नो वडामा रहेका उद्योगहरुको अनुगमन गर्न महानगरपालिकाले पत्राचार गरिसकेको जानकारी दिए ।
नगर प्रमुख सरावगीले उद्योग सञ्चालनको इजाजत पत्र लिने बेला गरिएको प्रतिवद्धता पुरा नगर्ने उद्योगहरु सजायको भागीदार हुने बताए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदी, ताल तलाउहरुलाई स्वच्छ राख्न जिल्ला प्रशासन कार्यलय पर्साले महानगपालिकासँग सहकार्य गर्दै छठ पर्वदेखि अभियान चलाएको र यो अभियान निरन्तर जारी रहने बताए ।
उनले नदीलाई प्रदुषित गर्ने २ वटा उद्योगहरुलाई कार्यवाही गरिएकोे पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्