
डडेल्धुरा । तरबारसहित छलिया खेलिने सुदूरपश्मिको प्रसिद्ध जात्रा बडाल जाँत मेला आजदेखि डडेल्धुरामा सुरु भएको छ ।
गन्यापधुरा गाउँपालिका वडा नं. २ गणेशपुर बडालमा हजारौं भक्तजनहरु सयौं तरबार पारखीहरुले खेलेकोे छलिया खेलका साथ मेला हेर्ने गर्दछन ।
कार्तिक शुक्ल दशमीको राती रतेडिका दिन स्थानीय २२ वटा देउताको आगमनपछि पूजा गरि हरिबोधनी एकादशीका दिन करिब एक किलोमिटर क्षेत्रफलमा रहेको बडाल खलामा दर्शनार्थीहरुले मेला भर्ने परम्परा रहि आएको छ ।
गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र डोटी जिल्लाको शिखर नगरपालिकाका स्थानीयका लागि महत्वपूर्ण भए पनि डडेल्धुरा जिल्लाका विभिन्न स्थान र भारतबाट पनि तरबारको छलिया जाँत र मेला भर्न आउने गरेका छन ।
बडाल चौलो भनेर प्रसिद्ध लाटा गन्याप देवताको भक्ति स्वरुप बनाईने बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरुका भाला, गुर्जा, खुकुरी र तरबारहरु हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धी पाएको छ ।
प्राचिनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । (भिडियो)
प्रतिक्रिया दिनुहोस्