३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


युनिलिभर र सेनाको सहकार्यमा धौलागिरी हिमालको फोहोर संकलन र प्रशोधन


0
Shares

काठमाडौं । युनिलिभर नेपालले नेपाली सेनासँगको सहकार्यमा धौलागिरी हिमालको फोहर संकलन र प्रशोधन गरेको छ ।

युनिलिभरले ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको जनाएको छ । नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाउनुभएको सन्देशमा अहिले प्राकृतिक संसार हराउँदै गएको एवं डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको र यो अवस्थालाई उल्ट्याउनका लागि कम्पनीले धौलागिरी हिमाल सफामा सहयोग गरेको र यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै भएको उल्लेख गर्नुभएको छ ।

अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको र नकुहिने ४ हजार ७ सय २० किलो फोहर पुनःप्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको जनाइएको छ ।