Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


ओली पक्षले भन्यो, `पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू`


0
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिनुभएको हो ।

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

एमालेको माधव नेपाल खनालले आज केन्द्रीय समिति बैठक बोलाएको छ ।