
काठमाडौं । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृत्यु भएको छ ।
बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।
जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लाँदादाँदै मृत्यु भएको जनाएको छ ।
जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हालेर भाग्न खोजेको बताएका छन् ।
उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्