पोखरा, कात्तिक २० । गन्डकी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख अमिक शेरचनले बुधबार पदबहाली गरेका छन् ।
पोखरा सहिदचोकस्थित गन्डकी प्रदेशप्रमुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रदेशप्रमुख शेरचनले नेपालको संविधानअनुसार काम गर्ने बताए ।
उनले संघीयताले देशलाई अझ बलियो बनाउने भन्दै सबै मिलेर प्रदेशको हितमा काम गर्नुपर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्