
कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।
मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ ।
यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटको परिवारलाई दुई लाख रुपैयाँ दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय भएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्