३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


म्याग्दीमा कोरोना संक्रमितको संख्या घट्दै


0
Shares

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण हुनेको संख्या घट्दै गएको छ ।

त्यसैगरी होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितहरु निको भएर आआफ्नो काम धन्दामा लाग्ने र अस्पतालमा उपचारर्रत सङ्क्रमितहरु निको भएर घर फर्किने क्रम बढेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

वैशाख महिना पूरै र जेठको पहिलो सातासम्म कोरोना सङ्क्रमणका हिसावले गण्डकी प्रदेशकै ‘हट स्पट’ बनेको म्याग्दीमा जेठको दोस्रो सातासम्मको स्थिति ‘स्थिर’ रहेको भए पनि तेस्रो साताको सुरुवातसंगै ओरालो लागेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत शुक्रबार ११ जना, शनिबार १८ जना,आइतवार १५ जना र सोमबार २४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ भने शुक्रबार ६३ जना, शनिबार १ सय ८८ जना, आइतबार ७२ जना र सोमबार ५८ जना सङ्क्रमित निको भएका छन् ।

अहिलेसम्म ३२ वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ । पछिल्लो ४८ घण्टामा १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सदरमुकाम बेनी सहित जिल्लाका ६ वटै स्थानीय तहका गाउँगाउँमा पनि कोरोनाका लक्षण देखिएका बिरामीको संख्या घट्दै जान थालेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । त्यसैगरी जिल्लामा जटिल समस्या भएका बिरामीको चाप समेत कम भएको बेनी अस्पतालले जनाएको छ ।