२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ : प्रवक्ता शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताउनु भएको छ ।

शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताउनु भएको हो । उहाँले ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ, प्रधानमन्त्रीलाई भन्नुभएको छ ।

उहाँले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नु भएको छ ।

उहाँ लेख्नुहुन्छ ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘

उहाँले भन्नुहुन्छ ‘सम्माननिय, प्रधानमन्त्री , व्यक्तिकाे पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!’

हिजाे युवा संघको भर्चुअल बैठकमा बाेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गर्नु भएकाे थियाे । उहाँले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुकाे आलोचना गदै ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ? ’ भन्नु भएको थियो ।

साथै उहाँले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोख्नु भएको थियो ।

‘पूर्व न्यायमूर्तिहरुले न्यायालयको कसरी हुर्मत लिंदै हुनुहुन्छ पेन्सन खाएर ‘’ उनले भने, ‘आफ्नो समयमा केही नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ?’

यस्ता ‘आउटडेटेड इलिमेन्ट’हरुबाट देशलाई दुष्प्रभावित हुन नदिने उहाँको अभिव्यत्तिको टिप्पणी गर्दै प्रवत्ता शर्माले त्यस्तो जनाउनु भएकाे हाे ।