३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


आकाशियो एभोकाडोको मूल्य


0
Shares

धनकुटा । यो वर्षको सिजनको सुरुवातमै धनकुटामा एभोकाडोको मूल्य आकाशिएको छ । 

अहिले धनकुटाको स्थानीय बजारमै एभोकाडोको मूल्य प्रति किलो २ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँ पर्ने गरेको छ । 

ग्रेडिङ्ग गरिएको राम्रो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ भने छनौट भएको २ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । 

अघिल्लो वर्ष यही सिजनमा एभोकाडो प्रति किलो दुई सय रुपैयाँसम्ममा पाइन्थ्यो । बाहिरी जिल्लाबाट माग बढेकाले मूल्य बढेको स्थानीय व्यापारी बताउँछन् ।

 पछिल्लो समय धनकुटाको एभोकाडो खानको लागि भन्दा पनि नर्सरी राख्न बढी माग हुने गरेको कृषि अभियन्ता जीवन राइले जानकारी दिए । 

धनकुटा जिल्लामा अहिले वार्षिक करिब २ लाख किलो उत्पादन हुने गरेको छ ।