
हेटौंडा, कात्तिक १९ । दक्ष प्राविधिकहरु तयार गर्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको चित्रेपानीमा नेपाल–भारतमैत्री बहुप्राविधिक पोलिटेक्निक संस्थाको निर्माण गरिने भएको छ ।
भवनको मंगलबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल तथा भारतीय राजदूतावासका चार्ज डेअफेयर्स डा. अजयकुमारले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको समयमा भएको सम्झौताअनुसार चित्रेपानीमा करिब २६ विगाहा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो ।
भवन भारत सरकारको ५८ करोड ४४ लाख रुपैयाँ बराबर सहयोगमा बन्न लागेको हो ।
भवनको यही महिना निर्माण सुरु गरी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष राखिएको छ ।
यहाँबाट हरेक तीन वर्षमा ५२० जना दक्ष प्राविधिकहरु उत्पादन हुने र ती सबै नेपालका औद्योगिक क्षेत्रका लागि चाहिने दक्ष जनशक्तिकारुपमा उपयोग गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्