
काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा ४४८७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ६ हजार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण भएको हो ।
प्रतिक्रिया दिनुहोस्