Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


नवनियुक्त प्रदेश प्रमुखहरुले लिए सपथ


0
Shares

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आज पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रिपरिषद्का सदस्यहरु उपस्थित थिए ।

सपथग्रहणपछि नियुक्त भएका सबै प्रदेश प्रमुखलाई उपस्थित सबैले बधाई तथा शुभकामना दिएका थिए ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ (२) अनुसार कास्कीका सोमनाथ अधिकारीलाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाइँलाई प्रदेश ३, चितवनका अमिक शेरचनलाई गण्डकी प्रदेश, सिरहाका धर्मनाथ यादवलाई प्रदेश छ, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र चितवनकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी दिएर सपथ गराइकी हुन् ।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए ।

प्रसाईं, अधिकारी, यादव र कलौनी पूर्व एमालेका नेताहरु हुन् भने शेरचन, परियार र पन्त पूर्व माओवादीका नेता हुन् ।