
उपेन्द्र खनाल/ईमेज
तनहुँ । चार वेद र १८ पुराणका रचयिता वेदव्यासको जन्मभूमि भनेर चिनिएको तनहुँको दमौली ओझेलमा परेपछि हिन्दु महामिलन पर्व आयोजना गरिएको छ ।
वेदव्यासको प्रचार प्रसार र त्यस क्षेत्रको विकासको लागि कात्तिक महिनाभर चल्ने हिन्दु महामिलन पर्वको आयोजना गरिएको हो ।
२८ औं अवतारका रुपमा महर्षी वेदव्यासको जन्म भएको ठाउँ तनहुँको दमौलीमा आयोजना गरिएको हिन्दु महामिलन पर्वमा स्वदेशी तथा विदेशी साधुसन्त तथा भक्तजनले उल्लेख सहभागिता जनाएका छन् ।
यस अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । जसअन्तर्गत कात्तिक १५ गतदेखि एक हप्तासम्म चल्ने गरी वृहत ज्ञान सप्ताह महायज्ञ समेत आयोजना भइरहेको छ ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्यसहित लगाइएको महायज्ञबाट आएको आम्दानीले गुरुकुलका बालबालिकाको व्यवस्थापनमा खर्च गरिने व्यास क्षेत्र शिव पञ्चायन कोषले जनाएको छ ।
त्यसैगरी यस क्षेत्रको विकासका लागि विभिन्न पूर्वाधार समेत निर्माण सुरु गरिएो छ ।
मादी नदीमाथि झोलँुगे पुल निर्माण गरेपछि पर्यटकको संख्यामा पनि वृद्धि हुन थालेको हो ।
बाल उद्यान पार्क, फुलको बगैंचा र ढुंगा छापेर बनाइएको पदमार्गले पनि धार्मिक पर्यटकको मन खिचेको छ ।
यसअघि आयोजना गरिएको १८ महिने अखण्ड किर्तनका कारण पनि प्रचारप्रसारमा सहयोग पुगेको थियो ।
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिको आयोजनामा गरिएको हिन्दु महामिलन एवं ज्ञानमहायज्ञमा भागवत पूजा, रुद्राभिषेक, हवन, श्रीमदभागवतलगायत पाठ–पारायण र पूजापाठ चलिहेको छ ।
प्रतिक्रिया दिनुहोस्