
-प्रकाश लम्साल/ईमेज
बारा । निकुञ्जभित्रको राजमार्गमा बढ्दो सवारी चापले गर्दा वन्यजन्तु मारिने क्रम बढेको छ ।
वन्यजन्तु सडक वरपर पनि आउने भएकाले सवारीको ठक्करबाट बचाउन चुनौतीको विषय बनेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुन्जको पथलैयादेखि अमलेखगञ्जसम्मको नौं किलोमिटर सडकखण्डमा वन्यजन्तु सडक दुर्घटनामा पर्न थालेपछि चुनौती बढ्दै गएको छ ।
निकुन्जको कोर क्षेत्रबाट राजमार्गमा जाँदा गएको २ वर्षमा ७५ प्रजातीका वन्यजन्तुको सोही सडकखण्डमा मृत्यु भएको थियो । यो संख्या प्रतिवर्ष बढ्दो क्रममा छ ।
चितल, बँदेल, लंगुरे, रतुबा मृग, घोड, गधालगायतका वन्यजन्तु बढी मारिएका छन् ।
त्यस्तै हात्ती, बाघ, गैंडा, चितुवाजस्ता वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य करिडोर बाराको अमलेखगञ्ज भएको र चौबीसै घण्टा तीव्र गतिमा हुने गाडीको ओहोरदोहोरले आवागमन यतिबेला असहज बनेको छ ।
यस क्षेत्रमा वन्यजन्तु वारपार गर्ने ‘अण्डररओभर पास’ वा टाइम कार्ड नबनाएसम्म यो संकट टार्न नसकिने डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर आलमको भनाइ छ ।
अर्कोतिर वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा राजमार्ग हुँदा वन्यजन्तुको आक्रमणबाट मोटरसाइकल चालकको पनि ज्यान जाने गरेको छ ।
यता, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख अमिर महर्जन सडक दुर्घनटनामा वन्यजन्तु मारिने क्रम बढेकाले २ वटा अण्डर पास गर्नुपर्नेमा जोड दिन्छन् ।
दिनानुदिन सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुँदा पनि न्यूनीकरणमा सम्बन्धित निकायले ठोस पहलकदमी थाल्न नसक्नु दुर्भाग्यपूर्ण छ ।
प्रतिक्रिया दिनुहोस्