२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं : इरान


0
Shares

तेहरान, कात्तिक १८ । इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।

दुई महिनाअघिकोभन्दा यो १० गुणा बढी उत्पादन हो ।

सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।

इरानले दुईओटा नयाँ अत्याधुनिक ‘सेन्ट्रिफ्युज’ पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ ।

इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तीव्रगतिमा भइरहेको जानकारी दिए ।

इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ । रासस/एएफपी