१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ललितपुर महानगरपालिकालाई कोभिड उपचारका लागि कन्सन्ट्रेटर मेसिन प्रदान


0
Shares

काठमाडौं, जेठ १४ । ललितपुर महानगरपालिकालाई विभिन्न संघ संस्थाले कोभिडको उपचारका लागि कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएका छन् ।

नेपाल रायपिड एक्सन टास्कफोर्स समूह अन्तरगत नेपाल राईजिङ र गुथि लगायतले ५ थान कन्सन्ट्रेटर मेसिन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गराएका हुन् ।

मेयर महर्जनले कोभिड संक्रमणबाट मुक्त भएका तर अक्सिजन चाहिनेहरूलाई समेत अक्सिजन उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भयो ।

समूहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरमा ३० थान अक्सिजन सिलिन्डर र १० थान कन्सन्ट्रेटर मेसिन वितरण गरिसकेको छ ।