Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


बहसका लागि समय निर्धारण, १० मिनेटमा बहस सक्नुपर्ने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्नका लागि अधिवक्ताहरूकाे लागि समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश राणाले वकिललाई १० मिनेटमा बहस सक्न निर्देशन दिनु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन्।

आज सुरूमा संवैधानिक इजलासमा दर्ता भएका ११ रिटको सुनुवाइ हुँदैछ। यसअघि बिहीबार प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा दर्ता नभएका बाँकी १९ मुद्दालाई पनि संवैधानिक इजलासमा पठाएका थिए।