२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023


राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत्


0
Shares

काठमाडौं, साउन ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन शुक्रबार प्रस्तुत् गरेका छन् ।

नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत् गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसदमा पेस गर्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित थिए । रासस