Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


रसुवामा आज बाट थप एक साता निषेधाज्ञा जारी


0
Shares

रसुव । रसुवामा आज बाट थप एक साता निषेधाज्ञा जारी भएको छ ।

जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएसंगै थप एक साता निषेधाज्ञा लम्बीएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय बिहीबार राति १२ बजेबाट सकिँदै थियो।

डिसिसिएमसीको बिहीबार बसेको बैठकले यही जेठ २० गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।