२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


निषेधाज्ञामा बढ्यो वन क्षेत्रमा तस्करी


0
Shares

सर्लाही, जेठ १३ । निषेधाज्ञाको मौका छोपी सर्लाही महोत्तरी लगायत तराईका जिल्लाका वनमा तस्करी बढेको छ ।

वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको स्थानीयले बताएका छन् ।

सिकारीहरुले दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी लगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेको पाईएको छ ।

केही दिन अघि प्रहरीले टुटेश्वर वनक्षेत्रबाट भरुवा बन्दुक, स्कुटर लगायतका सामाग्रीहरु बरामद गरेको थियो भने सिकारी फरार भएका थिए ।

त्यस्तै सागरनाथ वनक्षेत्रमा त शिकारी र प्रहरीबीच गोली हानाहान नै भएको थियो ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख विनोदकुमार सिंहले शिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएका जानकारी दीनुभएको छ ।