
-डीबी बिष्ट/ईमेज
बझाङ । बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा चार जना मजदुर थुनिएका छन् ।
हिजो(आइतबार) दिउँसो करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए । सुरूमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने तत्कालै बाहिर निस्किएका थिए ।
तर, चारजना भने अहिलेसम्म सम्पर्कमा नआएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले जानकारी दिए ।
काम गर्ने क्रममा सुरुङ भत्किएर चारैजना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।
घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् ।
यस्तै काठमाडौंबाट गएको उद्धार टोलीले पनि अहिले घटनास्थलमा उनीहरुको उद्दारको प्रयास गरिरहेको छ ।
तर सुरुङ भत्किएकाले समस्या भईरहेको बताइएको छ । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ आठ सय मिटर लामो छ ।
पाँच बर्षदेखि निर्माण भईरहेकोे सानीगाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको तीन ठाउँमा संरचना निर्माण भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्