
काठमाडौं, साउन ११ । नेपाली कांग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए ।
डा. केसी र सरकारबीचको वार्तामा कांग्रेसले चलखेल गरेको भन्ने सत्ताधारी दलहरुको आरोपलाई शर्माले अस्वीकार गरे ।
चर्को मूल्यवृद्धिलगायतका विषयमा कांग्रेसले विरोध जारी राख्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्