Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


नाम्जे थुम्कीमा निर्माणाधिन जनजाती पार्क निर्माण अलपत्र


0
Shares

धनकुटा । प्रदेश नं १ कै पर्यटकीय स्थल धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधिन जनजाती पार्कको निर्माण कार्य अलपत्र परेको छ ।

गाउँपालिकाकै ठूलो पार्कको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गर्न थालिएको पार्क बजेट अभावको कारण अलपत्र परेको हो ।

आदिवासी जनजातीहरुको संस्कार संस्कृतिको जगेर्ना गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं. १ सरकारले साँगुरीगढी गाउँपालिका–६ थुम्की नाम्जेमा निमार्ण सुरु गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ३५ लाखको लागतमा निमार्ण सुरु गरेको जनजाति पार्कका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि आवश्यक बजेट नपठाउँदा पार्कको काम ठप्प भएको हो ।

गाउँपालिकाको बजेटले पार्क निमार्ण गर्न असम्भव हुने भन्दै प्रदेश सरकारसँग पार्क निर्माणका लागि आग्रह गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ याख्खाले जानकारी दिए ।