काठमाडौं, कात्तिक १७ । साताको पहिलो दिन आइतबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । कारोबार थप खुम्चियो ।
उतार–चढावबीच सेयरबजार परिसूचक नेप्से ६ अंकले झरेर ११ सय ३९ मा आइपुग्यो ।
यसदिन सामूहिक लगानी कोष समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन उत्पादनमूलक समूह सबैभन्दा उच्च ३७ अंकले ओर्लियो । निर्जीवन बिमा समूह पनि ३२ अंकले झर्यो भने जीवनबिमा समूह पनि २६ अंकले ओर्लियो ।
यसदिन १६१ कम्पनीका सात लाख ८४ हजार कित्ता सेयर जम्मा १७ करोड ५५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्