नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा • Image Khabar Image Khabar


नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा


Imagekhabar
१२ जेष्ठ २०७८, बुधबार १७:५२

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरूप उपलब्ध गराउने भएकाे छ ।

बुधबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले पुष्टि गर्नुभएकाे छ ।

उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङबीच पौने घण्टा टेलिफोन वार्ता गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्