३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सिन्धुपाल्चोकमा बस दुर्घटना (अपडेट), ११ जनाको मृत्यु, ४७ जना घाइते धुलिखेल अस्पतालमा


0
Shares

सिन्धुपाल्चोक, कात्तिक १७ । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

दुर्घटनास्थलमा रहेका डीएसपी माधवप्रसाद काफ्लेले ‘नौजनाको मृत्यु भएको पुष्टि भैसकेको र अरु दुईजनाको पनि मृत्यु भएको खबर आएको’ इमेजखबरलाई जानकारी गराए ।

घाइते ४७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि उनले जानकारी दिए । मृतकको सनाखत हुनसकेको छैन ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको बस दुर्घटना भएको हो ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

नदीले केही यात्रु बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् ।

बस नदीबाट किनारमा निकालिएको छ । उद्धारको काम भइरहेको छ ।

आइतबार दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।