
मनीष गुप्ता (इमेज)
कपिलवस्तु (चन्द्रौटा), कात्तिक १७ । कपिलवस्तुमा राखिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् शिवराज नगरपालिका–१, शिवपुर रेन्जर पोस्टनजिकै सडकछेउमा ‘रिमोट कन्ट्रोल’ बम राखिएको थियो ।
बम कसले राख्यो भन्ने खुलेको छैन ।
नारायण दल गण गोरुसिंगेबाट आएको नेपाली सेनाको टोलीले सो ‘रिमोट कन्ट्रोल’ बम भएको जनाएको हो ।
शंकास्पद वस्तु देखिएपछि आइतबार बिहान करिब १० बजेदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । स्थानीय त्रसित भए ।
सेनाको टोलीले करिब दुई घन्टापछि बमलाई निस्क्रिय गरेको थियो । त्यसपछि अवरुद्ध सडक सुचारु भयो ।
विद्यालय क्षेत्र रहेको हुँदा विद्यार्थीमासमेत त्रास फैलिएको थियो ।
बम कसले राखेको भन्नेबारेमा केही खुलिनसकेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्