३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसी नदीमा खस्यो


0
Shares

विजय नेपाल (इमेज)

सिन्धुपाल्चोक, कात्तिक १७ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको यात्रीवहाक बस आइतबार दिउँसो सुकुटेमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुनसकेको छैन ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले उद्धारको काम भइरहेको छ ।

बसमा कति यात्री थिए भन्ने खुल्नसकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।