Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


‘उर्जा क्षेत्रले लक्ष्य अनुरुप उपलब्धि हासिल गर्न सकेन’


0
Shares

काठमाडौं । वैकल्पिक तथा नवीकरणीय उर्जाको क्षेत्रमा विगतका तुलनामा केही प्रगती भइरहे पनि लक्ष्य अनुरुपको उपलब्धि हासिल हुन नसकेको उर्जा विशेषज्ञहरुले बताएका छन् ।

ललितपुरमा आज(आइतबार) आयोजित उर्जा सम्बन्धी गोलमेच सम्मेलनमा सहभागी उर्जाविद्हरुले सरकारको पर्याप्त गृहकार्य हन नसक्नु मुख्य कमजोरी भएको धारणा राखे ।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि उर्जाको विकास अपरिहार्य रहेको बताए ।

उनले वैकल्पिक र नवीकरणीय उर्जाको विकासका लागि प्राधिकरण नीजि क्षेत्रलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

हालसम्म देशको कुल उर्जा समिश्रणमा नवीकरणीय उर्जाको हिस्सा ३ दशमलव २ प्रतिशत पुगेको छ ।

यसैगरी लघु र साना जलविद्युत र सौर्य उर्जा प्रणालीको प्रयोगवाट १८ प्रतिशत जनताले विद्युत् सेवा पाएको वैकल्मिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।

१५ लाख भन्दा बढी घरमा सुधारिएको चुलो, ४ लाख २५ घरमा वायोग्यास प्रविधि जडान भइसकेको केन्द्रका निर्देशक नवराज ढकालले जानकारी गराए ।