
ताप्लेजुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पूरा गर्ने बताएका छन् ।
संविधान अनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भईरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिए ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ स्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रदेशसभालेसमेत संविधान अनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
जनताको जीवनस्तर माथी उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुन सक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औंल्याए ।
प्रतिक्रिया दिनुहोस्