५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


कोरोना शुरु भएपछि घर गएका भारतीय कामदार नफर्कँदा रसुवागढी आयोजनाको काम अलपत्र


0
Shares

रसुवा । रसुवाको गोसाँईकुण्डस्थित टिमुरेमा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको काम ठप्प भएको छ ।

कोरोनाका कारण कामदार भारत फर्किएपछि १४ महिनादेखि काम ठप्प भएकोे हो । निर्माणस्थलमा सामग्री आइसकेको भए पनि सामान जडान गर्ने काम रोकीएको छ ।

२०७४ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प, नाकाबन्दी र बाढी पहिरोले अवरोध पु¥याउँदै आएपछि अहिले आयोजनाको ८० प्रतिशत काम मात्र सकिएको छ ।

आयोजनाको कूल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ भने २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाबाट आगामी २०७९ असार महिनासम्ममा विद्युत् उत्पादन गराउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।