 
	    पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा पालिका स्तरीय क्षेत्रिय रंगशाला निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
प्रदेश सरकारको एक पालिका एक क्षेत्रिय रंगशाला निर्माण कार्यक्रम अनुरुप रंगशाला निर्माणको कामलाई अघि बढाइएको हो ।
गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङका अनुसार प्रदेश १ सरकारको गत आर्थिक वर्ष २०७५/०७६ मा ८ लाख रुपैयाँ र चालु आर्थिक वर्षको २० लाख रुपैयाँ बजेटमा रंगशाला निर्माण गरिएको छ ।
रंगशाला निर्माणका लागि रकम अपुग भएमा प्रदेश सरकारसँग रकम माग गर्ने उनले बताए ।
राष्ट्रिय स्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने लम्बाई १ सय १० मिटर र चौडाई ७० मिटरको अर्थात ११ साइजको रंगशाला निर्माण हुने भएको छ ।
यस ठाउँमा प्रत्येक ३ वर्षमा लाग्ने त्रिशाली मेलामा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गराउने, राष्ट्रिय स्तरका टिम र खेलाडी ल्याएर प्रतियोगिता गर्दै यस क्षेत्रलाई खेलकुदको क्षेत्रबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको कुम्मायक १ का वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्