२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रधानमन्त्रीसँग सवा घण्टाको छलफलपछि राति ११ बजे बाहिरिए प्रधानन्यायाधीश राणा


26
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ । राति पौने १० बजे बालुवाटार प्रवेश गरेका प्रधान्यायाधीश राणा ११ बजे बाहिरिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो । बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गर्नुभएका प्रधानन्यायाधीश राणा सोही गेटबाट बाहिरिनुभएको बालुवाटार निकट स्रोतले पुष्टि गर्यो ।

विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल, ओलीले गाडी पठाएपछि आए राणा