२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नायिका बर्षा शिवाकोटीको ग्ल्यामरस रुप (भिडियो)


0
Shares

काठमाडौं । नायिका बर्षा शिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखिएकी छन् ।

गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन ।

प्रमोद राजको स्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन  । दुबै जना हाल बेलायत बसोबास गर्छन । गीतमा संगीत संयोजन भने उदय रज पौडेलले गरेका छन् ।

भिडियोमा बर्षा र भिजुको रोमान्सलाई क्यामेरामा नवराज उप्रेतीले कैद गरेका हुन् । भिडियो सम्पादन नवीन निरौलाको र कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका छन् ।

यस अघिका दुईओटा म्युजिक भिडियो लगातार बेलायत मै छायांकन गरेका गायक प्रमोदराज यस पटक भने ब्यबसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथीहरुसंग काम गर्ने आफ्नो पहिले देखि कै चाहना पूरा गर्न नेपाल भिडियो तयार पारेको बताएका छन् ।