२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


धरानमा नेकपाबाट तीन जना र कांग्रेसबाट तिलक राईको नाम सिफारिस


0
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस भएको छ ।

नेकपा धरान नगरसमितिको बैठकले आज जिल्ला सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), र सदन उच्च माविकी शिक्षिका बेणु काफ्लेको नाम सिफारिस गरेको छ ।

कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्बसम्मत चयन गरेको छ ।