Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


विपक्षी गठबन्धनको बैठक सुरु


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धारणा बनाउन विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा पाँच दलको बैठक सुरू भएको हो ।

बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायत नेताहरु बानेश्वरस्थित संघीय संसद भवन पुगिसकेका छन् ।

यसअघि कांग्रेसका शीर्ष नेताहरुको बैठकले विपक्षी गठबन्धनका तर्फबाट संयुक्त रुपमा कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरिसकेको छ ।