Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिश


65
Shares

काठमाडौं, जेठ ७ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बदर गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको थियो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।