Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी नपुग्ने राष्ट्रपतिको ठहर


0
Shares

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि आफूले गरेको पछिल्लो आह्वान अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी नपुगेको जनाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब मुलुक चुनावमा जानेछ ।