४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एनसेलले सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्‍यो


0
Shares

काठमाडौं, जेठ ७ । एनसेल आजियाटा लिमिटेडले १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले स्वास्थ्य मन्त्रालयलाई १ सय ५० कन्सन्ट्रेटर्स दिने प्रतिबद्धता गरेको थियो ।

कन्सन्ट्रेटर्स वितरण गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले महामारीको समयमा अमुल्य जीवन बचाउन सहयोग पु¥याउने यस्तो सहयोग गरेको बताउनुभयो ।

कम्पनीले विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ल्याएको जनाएको छ ।