Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


‘जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुन्छ’


0
Shares

जनकपुर, कात्तिक १४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुने गुनासो गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश नम्बर–२ सरकारले बिहीबार जनकपुरधाममा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विगतदेखि नै जनकपुर आउँदा यहाँको फोहर र दुर्गन्धले आफूलाई ग्लानी हुन्छ’–उनले भने ।

जनकपुरधामलाई पर्यटकीयस्थलकारुपमा अझ विस्तार गर्न सफा, स्वच्छ र सुन्दर बनाउन आवश्यक रहेको औंल्याउँदै मन्त्री यादवले स्थानीय, प्रदेश र संघीय सरकार तीनओटै निकायले ध्यान दिन जरुरी रहेको बताए ।