
काठमाडौं, साउन ११ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्न वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न शुक्रबारका लागि बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।
समितिको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित गरिएको हो । यस विषयमा आगामी आइतबार थप छलफल हुने बताइएको छ ।
यसअघि, प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ गरी आज निर्णय गर्ने भनिएको थियो ।
तर, जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्