Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कोरोनाविरुद्धका सामग्री चाँडै नेपाल पठाइने अमेरिकी विदेशमन्त्रीको बचन, नेपाललाई दिने सहयोग राशी बढाइयो


0
Shares

काठमाडौं, जेठ ७ । अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिनुभएको हो ।

अब अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड अर्थात् ५० मिलियन डलर पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएको सहयोगसमेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको जनाइएको छ ।

विदेशमन्त्री ब्लिंकेनले भन्नुभएको छ, ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एशियाली मुलुकलाई सहयोग गर्छ ।’

महामारीविरुद्ध चरणबद्ध सहायता उपलब्ध गराउने बचन दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने पनि उल्लेख गर्नुभएको छ ।