
काठमाडौं, कात्तिक १४ । नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले जम्मु–कश्मिर समस्या राजनीतिक र कूटनीतिक आधारमा समाधान हुनुपर्ने बताएका छन् ।
नेपालस्थित पाकिस्तानी दूतावासले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले जम्मु–कश्मिरमा दिगो शान्तिको कामना गर्दै आपसी सद्भावको खाँचो औंल्याए ।
राजदूत जावेदले नेपाल र पाकिस्तानको कूटनीतिक सम्बन्ध समुधर रहेको पनि बताए ।
कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जम्मु–कश्मिर घटनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिलाई प्रभाव पारेको धारणा राखे ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा. अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको जम्मु–कश्मिरबारेको धारणा पढेर सुनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्