
फाइल तस्बिर
काठमाडौं, जेठ ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९० जनाको मृत्यु भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका १९० जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया ५ हजार ८४७ पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा २१ हजार ६९५ पीसीआर तथा ३९२ एन्टिजेन परीक्षण भएको छ ।
यस्तै गत २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकामा मा ३ हजार २३२ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जना गरी उपत्यकामा ३२३२ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्