Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


स्पेनबाट चार्टर्ड जहाजमा आयो अत्यावश्यकीय स्वास्थ्य सामग्री


0
Shares

sapin support to nepal

काठमाडौं, जेठ ६ । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ ।

कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको उक्त सामग्री स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बुझ्नुभएको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको स्पेनिस चार्टर्ड जहाजमा ल्याइएका सामग्री मन्त्री त्रिपाठीले विमानलस्थलमै पुगेर बुझ्नुभएको हो ।

स्वास्थ्य सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीईलगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जसमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सन्ट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २४ लाख थान मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज छन् ।