
स्याङ्जा, जेठ ५ । स्याङ्जाका पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिकाका एक/एक जना गरी ६ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका वडा १३ की ५५ वर्षीय महिला त्यसै गरी वालिङ नगरपालिका वडा १ का ७६ वर्षीय कोरोना संक्रमित पुरुष र वालिङ नगरपालिका वडा नं २ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेनमा जेठ ४ गते निधन भएको छ ।
उहाँलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो ।
चापाकोट नगरपालिका वडा नं ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको जेठ ४ गते गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ ।
त्यसै गरी पुतलीबजार नगरपालिका वडा नं १ का ९२ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ ।
त्यसै गरी भीरकोट नगरपालिका वडा नं ३ की ७० वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा निधन भएको छ ।
उहाँलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्